गुडविल फाइनान्स अप्ठेरो अवस्थामा, खराव कर्जाबढेसँग घट्यो नाफा, अन्य वित्तिय सूचांक कस्तो ?

काठमाडौ । देशमा बढ्दो वित्तीय संकटका कारण गुडविल फाइनान्सको अवस्था खस्किएको छ । वित्तीय संकटका कारण कारोबार कम हुँदा ऋणीले समयमा सावा ब्याज तिर्न नसकेपछि गुडविल फाइनान्सको मुनाफा ४६ प्रतिशत घटेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा फाइनान्सको खुद नाफा जम्मा तीन करोड ८४ लाख रुपैयाँमा सीमित भएको छ । गत आवमा ७ करोड ११ लाख रुपैयाँ मुनाफा कमाएको फाइनान्सले चालु आवको तीन महिनामा निकै खस्किएको देखिएको छ ।
फाइनान्स कम्पनीको महँगो ब्याजदरका कारण ऋणीले समयमा सावा ब्याज भुक्तानी गर्न नसकेपछि कर्जा खराव कर्जामा रुपान्तरण हुने क्रम बढेको छ । चालु आवको तीन महिनामा कुल ४ करोड ७० लाख कर्जा जोखिम व्यवस्थापनमा लागि छुट्याएको छ । त्यस्तै सो कम्पनीको फि तथा कमिसन आम्दानीमा उल्लेख्य गिरावट देखिन्छ ।
असोज मसान्तसम्ममा कम्पनीको फि तथा कमिसन आम्दानी ३८ प्रतिशतले घटेको छ । सो फाइनान्स कम्पनीको निक्षेप ३ प्रतिशशत र कर्जा प्रवाह २.३८ प्रतिशत मात्र बढेको छ । खराव कर्जा बढेर मुनाफामा भारी गिरावट आएपछि संस्थाको वितरणयोग्य मुनाफा ऋणात्मक बन्न पुगेको छ ।
चुक्तापुँजी ९४ करोड ६१ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ५०।५२ प्रतिशतले घटेर ५२ करोड ३ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ५ करोड रुपैयाँ रहेको थियो।कम्पनीको खराब कर्जाको अनुपात भनेर घटेर २।१५ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष एनपीएल ३।४० प्रतिशतमा सीमित थियो। सीडी रेसियो ८३।१५ प्रतिशत रहेको कम्पनीको आधारदर १२।३९ प्रतिशत छ।