बरुण हाइड्रोपावरको अवतरित हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

१४ कार्तिक २०७९, सोमबार १०:५९

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको अवतरित हकप्रद शेयरमा आज (कात्तिक १४ गते)देखि आवेदन दिन सकिनेछ । कम्पनीले भदौ ६ गतेदेखि भदौ ३१ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको हकप्रद शेयरमा सम्पूर्ण कित्ताका लागि आवेदन नपरेकोले उक्त अवतरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

कम्पनीले सर्वसाधारण समूहको ३ लाख ५५ हजार ६९ कित्ता अवतरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । उक्त सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले कात्तिक २१ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, उक्त सेयरको बिक्री प्रबन्धकको काम आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गरेको छ । लगानीकर्ताले आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेक, काठमाण्डौ, राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका शाखा कार्यालयहरूः बिरगञ्ज–पर्सा, जनकपुर–धनुषा, नारायणगढ–चितवन, बाग्लुङ बजार– बाग्लुङ, बुटवल–रुपन्देही, नेपालगञ्ज–बाके, बीरेन्द्रनगर–सुर्खेत, धनगढी–कैलाली, वितामोड–झापा, हेटौडा–मकवानपुर, तुल्सीपुर–दाङ, महेन्द्रनगर–कञ्चनपुर, विराटनगर–मोरङ र क्षेत्रिय कार्यालय–पोखराबाट पनि बोलपत्र पेश गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*