सयपत्री हाइड्रोपावरको शेयरमा सर्किट, कति पुग्यो शेयरमूल्य ?

काठमाडौं । तिहार पछिको आज पहिलो शेयर कारोबारको दिन सयपत्री हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज शेयरबजार खुलेको केही समयमा नै कम्पनीको शेयर १० प्रतिशतले बढेर सर्किट लागेको हो ।
कात्तिक ७ गतेदेखि कात्तिक १३ गतेसम्म एक साता बन्द रहेको शेयरबजारमा आज मार्केट खुलेको करिब आधा घण्टाको समयमा नै हाइड्रोपावरको शेयरमा सर्किट हानेको हो ।
यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर १० प्रतिशत अर्थात् २८ रुपैयाँ ५० पैसाले बढेर ३१३ रुपैयाँ ५० पैसा पुगेको छ ।