जनताको सेवामै निरन्तर सक्रिय रहने कुन्ती पोख्रेलको प्रतिबद्धता

१४ कार्तिक २०७९, सोमबार १६:३८

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी कुन्ती देवी पोख्रेल यतिबेला ‘हलो’ चुनाव चिन्ह देखाउँदै स्थानीयसँग भोट माग्न ब्यस्त छिन् ।

धार्मिक नगरी शंखरापुर नगरपालिकाको साँखुबजार पुग्दा कुन्तीदेवी पोख्रेलका सहयोगीहरु स्थानीयका घरदैलोबीच चुनावी अभियानमा जुटिरहेका देखिन्थे ।

समाजसेवामार्फत नेपाली महिलाको क्षेत्रमा लामो समय योगदान गर्दै आएकी पोख्रेल पटक–पटक चुनाव जितेर काम नगर्ने र क्षेत्र परिवर्तन गर्दै हिंड्ने उम्मेदवारलाई बिदाइ गर्ने भन्दै चुनावी मैदानमा उत्रिएकी छिन् । चुनाव जितेर महत्वपूर्ण पदमा पुग्दा पनि जनताका पीरमर्का बुझ्न फर्केर नआउने नेतालाई विस्थापित गर्नुपर्ने दावीसहित मतदाताबीच पुगेकी उनले यस पटक आफूलाई सेवा गर्ने मौका दिन आग्रह गरिरहेकी थिइन् ।

निर्वाचन क्षेत्र परिवर्तन गर्दै चुनाव जितेर सत्तामा पुगेकाहरुको ढंग हेरियो, उनीहरुले यस क्षेत्रमा जनताको चाहना अनुसार काम गर्न सकेनन् । अब मत परिवर्तन गरौं, नयाँ पुस्तालाई एक पटक मौका दिएर हेरौं भन्ने आममतदाताको मनसाय मैले बुझेकी छु’, पोख्रेलले भनिन् । आफूले जिते पनि हारे पनि यस क्षेत्रको विकास निर्माण र जनताको सुखदुःखमा सधैं हातेमालो गरिरहने उनको जिकिर छ ।

‘राजनीति भनेको पेशा होइन, समाजसेवा हो । समाजसेवाबाटै सक्रिय राजनीतिमा आएकाले जनताको सेवामै निरन्तर सक्रिय रहने छु,’ पोख्रेलले भनिन् । ‘राष्ट्र, राष्ट्रियता र गतिशील समाजको निम्ति निरतर आवाज उठाइरहनेछु । युवा पुस्ताको प्रतिनिधित्वको लागि लडिरहने छु । देशमा व्याप्त भ्रष्टाचार, विकृति, विसंगति र राष्टघातविरुद्ध सडकदेखि सदनसम्म आवाज उठान लागिपर्ने छु,’ उनले प्रतिवद्धता व्यक्त गरिन् ।

चुनावका बेला मीठामीठा सपना देखाउने जितिकेपछि बिर्सिने प्रवृत्तिले यो क्षेत्र ओझेलमा परेको स्मरण गर्दै नागरिकहरुले सचेत भएर मतदान गर्ने विश्वास व्यक्त गरिन् । ‘पहिलाको तुलनामा अहिले मतदाता सचेत हुनुहुन्छ, भोट दिँदा विवेक प्रयोग गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै पोख्रेल भन्छिन्, ‘सत्ताको आडमा आउने उम्मेदवारले जति प्रभावित पार्न खोजे पनि जनताले विवेक प्रयोग गर्नेछन् भन्नेमा ढुक्क छु ।’ उनले यस क्षेत्रको दीगो विकास र युवा पुस्ताको भविष्यको निम्ति आफू राजनीतिमा आएको बताइन् ।

‘राजनीतिमा त्याग, इमानदारिता र सेवाभाव हुनुपर्छ, त्यो म गरेर देखाउने छु । यो देशको राजनीतिक वितृष्णाले युवा पुस्ताको आशा मारिसकेको छ, त्यसरी आशा मरेर विदेसिन वाध्य युवा शक्तिलाई स्वदेशमै स्वरोजगारयुक्त र उद्यमी बनाउन म राजनीतिमा आएकी हुँ,’ पोख्रेलले भनिन् ।

आँशु पुच्छदै विदेसिनुपर्ने दिनको अन्त्यका लागि मेरो उम्मेदवारी : पोख्रेल
काठमाडौं । राष्ट्रिय प्रजातन्त्री पार्टीबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कुन्ती पोख्रेलले भ्रष्टाचारीलाई फाइल पल्टाएर कारबाही गर्न आफूले चुनाव जित्नुपर्ने बताएकी छन् ।

काठमाण्डौ वडा नं ९ स्थित बत्तिसपुुतलीमा जनतासँग भेटघाट कार्यक्रममा यस्तो बताएकी हुन् । उनले भ्रष्टाचारीहरुलाई उनीहरुको कालो कर्तुत पर्दाफास गरी वषौंदेखि अनधिकृत रुपमा कुम्लयाएको सम्पत्ति राज्यको ढुकुटीमा ल्याउनुपर्नेमा जोड दिइन् ।

यस्ता भ्रष्टचारीहरुलाई ठाउँको ठाउँ कारबाही गर्न आगामी निर्वाचनमा आफूलाई मत दिन पोख्रेलले आग्रह गरिन् । कार्यक्रममा उनले अहिले देशमा बेरोजगारको ठूलो समस्या भएकाले त्यसको अन्त्यको लागि नीति बनाउन आवश्यक रहेको बताइन् ।

उनले संसद् भनेको राज्यको नीति, नियम बनाउने थलो भएकोले युवाहरुको पक्षमा आवाज उठाउन आफू संसद्मा पुग्नुपर्ने ठोकुवा गरिन् । उनले आफूले चुनाव जितेमा दशैं, तिहारजस्ता राष्ट्रिय चाडपर्वका दिनपनि आँशु पुच्छदै घर, परिवार छोडेर विदेसिनुपर्ने दिनको अन्त्य हुने बताएकी छन् ।

मैले जितेमा देशद्रोहीलाई ठेगान लागउँछु : कुन्ती पोख्रेल
काठमाडौं । काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि राप्रपाबाट उम्मेदवार बनेकी कुन्ती पोख्रेलले देशद्रोहीबाट मुलुक जोगाउन हलोमा मतदान गर्न आवश्यक रहेको बताएकी छिन् । आज आइतबार काठमाडौं महानगरपालिका वडा नं. ९ का मतदाताहरुसँग भेटघाट कार्यक्रममा उनले यस्तो बताएकी हुन् । पोख्रेलले यतिबेला नेपालको राजनीति भ्रष्टाचार, अन्याय, अत्याचार र व्यथितिबाट बिथोलिएकाले त्यसलाई सही ट्र्याकमा ल्याउन आफूले प्रतिनिधि सभामा जित्नुपर्ने दावी गरेकी छन् । उनले सार्वजनिक सम्पत्तिमा गिद्देदृष्टि राखेको र धर्म, संस्कार, संस्कृतिमाथि प्रहार गर्दै नेपाललाई विदेशीहरुको रणभूमि बनाउन खोजिएकोप्रति आपत्ति प्रकट गरेकी गरिन् ।

उनले भ्रष्टाचारी, देशद्रोही तथा सार्वजनिक सम्पत्तिमाथि गिद्देदृष्टि लगाउनेलाई ठेगान लगाउने बताइन् । त्यसैगरी शिक्षा क्षेत्रमा व्यापाक व्यापारीकरण बढेकाले गरीबको पहुँचबाहिर गएको भन्दै शिक्षा सबैको पहुँचमा पु¥याउन सामुदायिक विद्यालयहरुलाई गुणस्तरीय, भरपर्दो र जनउत्तरदायी बनाउनुपर्नेमा जोड दिइन् । कम्तिमा उच्च माविसम्मको शिक्षा अनिवार्य र निःशुल्क बनाउन आफूलाई मतदान गरी विजय बनाउन आग्रह गरिन् । त्यसैगरी स्वास्थ्य क्षेत्रमा पनि व्यापारीकरण बढेकाले सर्वसाधारण धेरै मारमा परेका उनले बताइन् ।

त्यसो हुनुमा सरकारी अस्पतालहरु जनउत्तरदायी नहुनु, समयमा चिकित्सक, कर्मचारी नहुनु, आवश्यक स्वास्थ्य उपकरण तथा औषधिको अभाव हुनु मुख्य रहेको भन्दै पोख्रेलले असन्तुष्टि जनाइन् । सर्वसाधारणको पहुँचमा स्वास्थ्य सेवा पु¥याउन सरकारी अस्पतालहरुले गुणस्तरीय, भरपर्दो र विश्वासिलो उपचार विधि अपनाउनुपर्नेमा उनको जोड थियो । हरेक वडामा विशेषज्ञ चिकित्सकसहितको सुविधायुक्त अस्पतालको व्यवस्था हुनुपर्ने, जेष्ठनागरिक, गरीबीको रेखमुनि रहेका वर्ग समुदाय र शारीरिक अशक्त भएकाहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध हुनुपर्नेमा पोख्रेलले जोड दिइन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*