एनसीसी बैंकको शेयर मूल्य समायोजन
१४ कार्तिक २०७९, सोमबार १८:१०

काठमाडौं । नेप्सेमा एनसीसी बैंकको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीले प्रस्ताव गरेको ३ दशमलव ३६६ प्रतिशत बोनस शेयर प्रयोजनको लागि मूल्य समायोजन गरेको हो ।
नेप्सेले पछिल्लो कारोबारको अन्तिम शेयर मूल्य रू। १८४ को आधारमा मूल्य समायोजन गरेको हो । समायोजनपछि नेप्सेले कम्पनीको शेयर मूल्य रू। १७८ दशमलव ०१ तोकेको छ ।