नेप्सेमा दुई फण्डको इकाईमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई फण्डको इकाईमूल्य समायोजन भएको छ ।
एनआइसी एशिया क्यापिटल लिमिटेडको म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइसी एशिया ग्रोथ फण्ड र एनआइसी एशिया ब्यालेन्स्ड फण्डले लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुवै फण्डको इकाईमूल्य समायोजन गरेको हो ।
नेप्सले एनआइसी एशिया ब्यालेन्स्ड फण्डको १३ प्रतिशत नगद लाभांश वितरणका लागि कायम १० रुपैयाँ ०८ पैसाका आधारमा लाभांश वितरणपछिको इकाईमूल्य ८ रुपैयाँ ७८ पैसा कायम गरेको छ ।
त्यस्तै, एनआइसी एशिया ग्रोथ फण्डको पनि १३ प्रतिशत नगद लाभांश वितरणका लागि नेप्सेले अघिल्लो दिन कायम १० रुपैयाँ ५५ पैसाका आधारमा लाभांश वितरणपछिको इकाईमूल्य ९ रुपैयाँ २५ पैसा कायम गरेको छ ।