पिपुल्स इन्भेष्टमेन्ट कम्पनीले हकप्रद शेयर जारी गर्ने

काठमाडौं । पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ ।
कम्पनीले कात्तिक १४ गतेसम्म कायम विद्यमान संस्थापक शेयरधनीहरुका लागि अंकित मूल्य १०० रुपैयाँ दरका ४ लाख ७५ हजार ८७५ कित्ता हकप्रद जारी गर्ने भएको हो । कम्पनीले १० बराबर ३ (१०ः३) को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको हो ।
उक्त शेयरमा आवेदन दिन चाहाने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले कात्तिक १६ गतेदेखि मंसिर २० गतेसम्म कम्पनीको केन्द्रीय कार्यालय थापाथली ट्रेड टावर काठमाडौंमा आवेदन दिन सक्नेछन् ।