स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स प्रक्रिया नै रद्द !, कसैको आवेदन नपरी गुज्रियो म्याद

१५ कार्तिक २०७९, मंगलवार ११:३१

काठमाडौं । नेपाली पुँजि बजारमा स्कट एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण गर्ने कार्य तत्कालको लागि टुंगिएको छ । कुनै पनि आवेदन नै नपरी म्याद गुज्रिएपछि नेपाल धितोपत्र बोर्डले वितरण गर्न लागेको स्टक एक्सचेन्जको लाइसेन्सको च्याप्टर हालका लागि बन्द भएको छ ।

स्टक एक्सचेन्जको सम्बन्धमा सर्वोच्च अदालतमा परेको रिटमाथि तिहार अघि नै अन्तरिम अल्पकालीन आदेश जारी गरेका कारण बोर्डले नयाँ आवेदन नलिने निर्णय गरेको छ । हिजोसम्म कुनै पनि आवेदन नपरेकोको अवस्थामा हिजै सर्वोच्च अदालतबाट अन्तरिम आदेश प्राप्त भइसकेकोले आजदेखि आवेन नै लिन नसक्ने अवस्थामा नेपाल धितोपत्र बोर्ड पुगेको छ ।

यसअघि बोर्डले ४५ दिने सूचनामार्फत नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्सको लागि आवेदन माग गरेको थियो । सो म्याद आजै सकिदैछ । सर्वोच्च अदालतको अन्तरिम आदेश जारी गरिसकेको र कुनै पनि आवेदन नपरेकोले नयाँ स्टक एक्चसेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स हालका लागि रद्द भएको हो ।

नेपाल धितोपत्र बोर्डका प्रबक्ता रुपेश केसीले सर्वोच्च अदालतको अन्तरिम आदेश आइसकेकोले आजबाट नयाँ निवेदन दर्ता लगायतका कुनै पनि काम हुने जानकारी दिए । आजसम्म कुनै पनि निवेदन दर्ता नभएको सेबोनले जनाएको छ । प्रबक्ता केसीले भने, ‘आजसम्म कुनै पनि निवेदन दर्ता भएको छैन ।’ आजै म्याद गुज्रिन्छ प्रक्रिया स्वतः रद्द भएन र ? भन्ने जिज्ञाशामा प्रबक्ता केसीले सो सम्बन्धमा बोर्डले नै निर्णय गर्ने र जारी प्रक्रिया हाललाई स्थगित भएको बताए ।

‘हिलो सोमबार अदातलको आदेश बोर्डमा आईपुगेको छ,’ उनले भने ‘आदेश आएसँगै हामीले आवेदन लिने कार्य अहिलेलाई स्थगित गरिएको हो । यहि कार्तिक २२ गते यो विषयमा छलफलका लागि बोलाइएको छ ।’ त्यसपछि आवेदन लिने वा नलिने टुंगो लाग्ने उनले जानकारी दिए ।

बोर्डले धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली, २०७९ अनुसार नयाँ स्टक एक्सचेन्ज सञ्चालन गर्न इच्छुक कम्पनीका लागि आवेदन खुला गरेको हो । बोर्डले स्टक एक्सचेन्ज र वस्तु विनियम बजार व्यवसायका लागि ४५ दिनको समय दिएर सूचना प्रकाशित गरेको थियो । सो अनुसार थुप्रै कम्पनीहरुले आज निवेदन दर्ता गर्ने योजना बनाएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*