एक अर्बमाथि उक्लियो कारोबार, यी हुन् आज सर्वाधिक किनबेच भएका टप १० कम्पनी

१५ कार्तिक २०७९, मंगलवार १५:०७

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा रौनकता छाएको छ । प्रदेश तथा प्रतिनिधिसभाको चुनाव नजिकिएसँगै शेयरबजारमा हरियाली छाएको छ ।

एक त बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेकोमा अधिकांश बैंकहरुको विवरणमा सुधार देखिएसँगै पनि शेयरबजारमा एकाएक सुधार देखिन पुगेको हो ।

आज नेप्से परिसूचक ५६.११ अंकले बढेर १९३० विन्दुमा उक्लेको छ । शेयरबजारमा सुधार देखिएसँगै आज धैरैसमयको अन्तरालमा १ अर्ब २९ करोडमाथिको कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक एनआइसी एशिया बैंकको ६ करोड ६५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको ५ करोड ९२ लाख, शिवम् सिमेन्ट्सको ५ करोड १७ लाख, रिडी हाइड्रोपावरको ५ करोड ३ लाख र एभरेष्ट बैंकको ४करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*