धितोपत्र बोर्डले लाईसेन्स दिन खोलको नयाँ स्टक एक्सचेन्ज र बस्तु विनिमय बजारको लाइसेन्स लगायतका सबै प्रकृया स्थगित

१५ कार्तिक २०७९, मंगलवार १३:०७

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज, बस्तु विनिमय बजार नयाँ ब्रोकर लाइसेन्सको निवेदन लिनेलगायत सबै प्रक्रिया अर्को सूचना जारी नभएसम्मकोलागि स्थगित गरेको छ।सर्वोच्च अदालतबाट जारी भएको अल्पकालिन अन्तरिम आदेश जारी भएका कारण अर्को सूचना जारी नभएसम्मकोे लागि आवेदन दिने काम स्थगित भएको बोर्डले जानकारी गराएको छ ।बोर्डले आज सम्बन्धीत सरोकारवालाहरुको लागि सूचना प्रकाशन जारी गर्दै यस्तो जानकारी दिएको हो ।

बोर्डले भने सोमबारसम्म निवेदन लिने मनसाय बनाएको थियो। तर मेरो लगानीले उक्त आवेदन स्वीकार गर्ने नमिल्ने आशयको “सर्वोच्चको आदेश विपरीत लाइसेन्सका लागि निवेदन लिने धितोपत्र बोर्डको निर्णय, कति पर्लान् नयाँ स्टक र कमोडिटिमा निवेदन” शीर्षकमा समाचार सोमबार नै प्रकाशित गरेको थियो।

उक्त समाचारपछि आज बिहानै बसेको बोर्डको बोर्ड बैठकले आवेदन समेत नलिने निर्णय गरिदिएपछि बोर्ड आवेदन समेत नलिने निर्णयमा पुगेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*