चुनाव नजिकिएसँगै उच्च अंकले बढ्यो नेप्से, लगानीकर्ताहरुमा उत्साह थपिदा एक अर्बमाथिको कारोबार

१५ कार्तिक २०७९, मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा रौनकता छाएको छ । प्रदेश तथा प्रतिनिधिसभाको चुनाव नजिकिएसँगै शेयरबजारमा हरियाली छाएको हो । एक त बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेकोमा अधिकांश बैंकहरुको विवरणमा सुधार देखिएसँगै पनि शेयरबजारमा एकाएक सुधार देखिन पुगेको हो ।

आज नेप्से परिसूचक ५६.११ अंकले बढेर १९३० विन्दुमा उक्लेको छ । लामो समयअन्तरालपछि नेप्से इन्डेक्स १९ सय विन्दुमाथि उक्लिन पुगेको हो । शेयरबजारमा रौनक छाएसँगै लगानीकर्ताहरुमा उत्साह थपिएको छ । यसैको प्रभाव आजको कारोबार रकममा देखिएको छ ।

आज नेप्सेमा सूचीकृत २३१ कम्पनीको ३९ लाख ७१ हजार ५९४ कित्ता शेयर किनबेच हुँदा एक अर्ब २९ करोड ६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । केही समययता शेयरबजारमा अर्बभन्दा मुनि कारोबार हुँदै आइरहेको थियो ।

त्यस्तै, नेप्सेमा रहेका सबै उपसूचकमा आज हरियाली छाएको छ । सर्वाधिक आज अन्य सूचक ५.२८ प्रतिशत र हाइड्रोपावर सूचक ४.३७ प्रतिशतले बढेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*