सानिमा ग्रोथ फण्डको निष्काशन आजबाट सुरु, कार्तिक २० गतेसम्म आवेदन दिन पाइने

१६ कार्तिक २०७९, बुधबार १०:४२

काठमाडौं । सानिमा ग्रोथ फण्डको आजबाट निष्काशन तथा बिक्री सुरु भएको छ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने उक्त सामूहिक लगानी कोषको १० रुपैयाँका दरले कूल १२ करोड इकाई बिक्री हुनेछ । सो मध्ये १० करोड २० लाख इकाईमा आवेदन खुल्ला गरिएको छ ।

सानिमा बैंकले १३ प्रतिशत एक करोड ५६ इकाई खरिद गर्ने सो सामूहिक लगानी कोष बन्दमुखी लगानी योजना हो । उक्त ग्रोथ फण्डको २ प्रतिशत अर्थात २४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडले खरिद गर्नेछ भने बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणलाई वितरण गरिनेछ ।

सानिमा ग्रोथ फण्डको बिक्री छिटोमा कात्तिक २० गते बन्द हुनेछ भने ढिलोमा कात्तिक ३० गतेसम्म बिक्री गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*