समृद्धि फाइनान्स कम्पनी ३ करोड १४ लाखभन्दा रुपैयाँ भन्दा बढी खुद नोक्सानीमा

१६ कार्तिक २०७९, बुधबार १०:५५

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमाससम्ममा ३ करोड १४ लाखभन्दा रुपैयाँ भन्दा बढी खुद नोक्सानी व्यहोरेको छ । गत आवको यस अवधिसम्म रू। २६ लाख ५२ हजार खुद नाफामा रहेको कम्पनी यस वर्ष इम्पेरमेन्ट चार्ज बढ्दा खुद नोक्सानीमा गएको हो ।

गत आवको पहिलो त्रैमाससम्म रू। २२ लाखभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज चालू आवको सोही अवधिसम्म रू। ३ करोड ७८ लाखभन्दा बढी रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू। ७४ करोड २१ लाखभन्दा बढी छ । शेयर प्रिमियममा रू। २ करोडभन्दा बढी रहेको कम्पनीको रिटेन्ड अर्निङ रू। ३६ करोड १७ लाखभन्दा बढी ऋणात्मक छ । कम्पनीको जगेडा कोषमा भने रू। १८ करोड २६ लाखभन्दा बढी रकम कायम रहेको छ ।

यस त्रैमाससम्म कम्पनीले रू। १ अर्ब ५१ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू। १ अर्ब ६२ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत आवको तुलनामा निक्षेप संकलन ७ दशमलव ४७ प्रतिशत बढी र कर्जा प्रवाह ३ दशमलव ४४ प्रतिशत बढी भएको हो । कम्पनीको प्रतिशेयर नेटवर्थ रू। ७८ दशमलव ५७ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*