सानिमा बैंकको संस्थापक शेयर बिक्रिमा

१६ कार्तिक २०७९, बुधबार ११:०१

काठमाडौं । सानिमा बैंकले संस्थापक शेयर बिक्रिमा ल्याएको छ । बैंकले ५१ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि समेत ल्याएको हो । बैंकले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

प्रतिकित्ता रू। १४५ तोकिएको उल्लेखित कित्ता शेयर खरीदका लागि न्यूनतम १० लाख कित्ताको माग गर्नुपर्नेछ । इच्छुक खरीदकर्ताहरूलाई आगामी सात दिनभित्र काठमाडौं, नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित निवेदन दिन बैंकले आग्रह गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*