कर्पोरेट डेभलपमेन्ट बैंकको नाफामा उछाल, प्रतिशेयर आम्दानी बढ्यो

१६ कार्तिक २०७९, बुधबार ११:१३

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ८५ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको नाफामा उल्लेख्य सुधार देखिएको हो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले ८५ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६४२.२५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण बैंकको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४२.६९ प्रतिशत बढेको छ भने इम्पेरमेन्ट चार्ज ७ लाख ३१ हजार रुपैयाँ रिभर्स भएसँगै सञ्चालन मुनाफा ६४२.२४ प्रतिशत बढेको छ ।

नाफासँगै यता बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ५ रुपैयाँ ७३ पैसा बढेर ६ रुपैयाँ ८६ पैसा पुगेको छ । असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५१.०५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३४९ रुपैयाँ ४७ पैसा रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष ४.४९ प्रतिशत बढेर कोषमा २२ करोड ३१ लाख रुपैयाँ संचित रहेको छ । यस अवधिसम्म बैंकको निक्षेप ३६.५६ प्रतिशत बढेको छ भने कर्जा ०.८१ प्रतिशत बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*