नयाँ स्टक एक्सचेन्ज बिरुद्धमा सर्वोच्च अदालतमा मुद्दा दर्ता

१६ कार्तिक २०७९, बुधबार १६:१३

काठमाडौं । नयाँ स्टक एक्सचेन्ज, कमोडिटी र ब्रोकरलाई लाईसेन्स दिनको लागि संशोधन गरिएका नियमावली खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आज सर्वोच्चमा अधिवक्ता अमृत खरेल रिट दायर गरेका हुन् ।

रिटमा धितोपत्र बजार सञ्चालन दोश्रो संशोधन नियमावली २०७९, धितोपत्र व्यवसायी ९धितोपत्र दलाल तथा धितोपत्र व्यापारी चौथो संशोधन नियमावली २०७९ र धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी पाँचौं संशोधन नियमावली खारेज गर्न माग गरिएको छ । यी नियमावलीमा गरिएको ब्यबस्थाहरु नेपालको संविधान र प्रचलित ऐनसँग बाझिएकोले यी नियमावली अमान्य र बदर घोषित गरी आदेश जारी गर्न रिटमा माग गरिएको छ ।

रिटमा प्रधानमन्त्री, मन्त्रिपरिषदको कार्यलय, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र नेप्सेलाई विपक्षी बनाईएको छ । धितोपत्र बजार सञ्चालन (दोश्रो संशोधन) नियमावली,२०७९ को नियम २ को उपनियम १, २ र ३, नियम ३ को उपनियम १ र नियम ८ नेपालको संविधान र प्रचलित ऐनसँग बाझिएको जिकिर गरिएको छ । त्यस्तै धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी चौथो संशोधन) नियमावली, २०७९ को नियम २, नियम ३ को उपनियम ९१ पनि नेपालको संविधान र प्रचलित ऐनसँग बाझिएको जिकिर गरिएको छ । साथै धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (पाँचौं संशोधन) नियमावली, २०७९ को नियम २ र नियम ३ का ब्यबस्था पनि नेपालको संविधान र प्रचलित ऐनसँग बाझिएको जिकिर रिटमा गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*