इष्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न
१७ कार्तिक २०७९, बिहीबार १०:२३

इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले असाेज २८ गते, शुक्रबारबाट कार्तिक २ गते, बुधबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (कार्तिक १७ गते, बिहीबार) सम्पन्न भएको छ । उक्त आईपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडकाे कार्यालयमा सम्पन्न भएकाे हाे ।