ग्लोबल आइएमई बैंकद्धारा शेयरधनीलाई लाभांश बुझिलिन अनुरोध

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन अनुरोध गरेको छ । बैंकले आफ्ना शेयरधनीहरुलाई ५ वर्ष पुरानो लाभांश बुझिलिन भनेको हो ।
बैंकले विभिन्न साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०६६।६७ देखि २०७०।७१ सम्मको नगद लाभांश हालसम्म पनि केही शेयरधनीहरुले बुझिलिन बाँकी रहेको भन्दै उक्त लाभांश बुझिलिन अनुरोध गरेको हो ।
सम्बन्धित शेयरधनीहरुले उक्त नगद लाभांश बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड नक्साल, काठमाडौंमा बुझिलिन सक्नेछन् । साथै एक महिनाभित्र सो बक्यौता नगद लाभांश बुझि नलिएमा उक्त लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।