अरुण काबेली पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१७ कार्तिक २०७९, बिहीबार १०:५९

काठमाडौं । अरुण काबेली पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा प्रयोजनको लागि कात्तिक १८ गते बुक क्लोज गरेसँगै आज कात्तिक १७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले कात्तिक ३० गते साधारण सभा बोलाएको छ ।कम्पनीले सभा अल्फा बीटा नयाँ बानेश्वर, काठमाडौमा बिहान ११ बजे गर्ने जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*