फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ६१ प्रतिशतले बढ्यो, अधिकांश सूचकमा देखियो सकारात्मक सुधार

१७ कार्तिक २०७९, बिहीबार ११:०७

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ६ करोड ३७ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

लघुवित्तले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको हो । गत आवको यसै अवधिसम्म लघुवित्तले ३ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिसम्मको नाफा गत आवको तुलनामा ६१.७९ प्रतिशतले बढी हो ।

समिक्षा अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि लघुवित्तको नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९८.१० प्रतिशत बढेर १२ करोड १ लाख रुपैयाँ पुगेको छ भने इम्पेरमेन्ट चार्ज १ करोड २६ लाख रुपैयाँ रिभर्स भएसँगै सञ्चालन मुनाफा ६१.८० प्रतिशत बढेर ९ करोड ११ लाख रुपैयाँ पुगेको छ ।

नाफासँगै लघुवित्तका प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १० रुपैयाँ १० पैसा बढेर २६ रुपैयाँमा ४५ पैसा पुगेको छ । असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २२.८४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ५२ पैसा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष १४.७४ प्रतिशत बढेर कोषमा ४९ करोड ६८ लाख रुपैयाँ संचित रहेको छ। त्यसैगरी, लघुवित्तको सापटी २.५७ प्रतिशत र कर्जा ०.३१ प्रतिशत घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*