सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

१७ कार्तिक २०७९, बिहीबार ११:२०

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्ने भएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको १९ हजार ७१० कित्ता शेयर बिक्री गर्न लागेको हो ।

उक्र शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा के कति कित्ता लिने सम्पूर्ण विवरण खुलाई दरखास्त पेश गर्न सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार उक्त शेयर अन्य कोही ब्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*