तीन दित लगातार बढेको शेयरबजारमा १६ अंकको गिरावट, ११ उपसूचक राताम्य हुँदा बीमा सूचक चम्कियो

काठमाडौं । तीन दिनयता लगातार बढेको नेप्से परिसूचक आज १६ अंकले घट्न पुगेको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से आज १६.१४ अंकले घटेर १९२२ विन्दु्मा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २२० कम्पनीको २७ लाख ६७ हजार ५३९ कित्ता शेयर किनबेच हुँदा ८९ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्ला दुईदिन अर्बमाथि कारोबार भएको शेयरबजारमा आज नेप्से घटेसँगै कारोबार रकम समेत खुम्चिन पुगेको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज बीमा उपसूचकहरु बाहेकका सबै सूचक राताम्य रहेका छन् । निर्जिवन बीमा उपसूचक ०.०१ प्रतिशत र जीवन बीमा सूचक ०.०२ प्रतिशतले बढेको छ भने सबैभन्दा बढी हाइड्रोपावर सूचक १.३७ प्रतिशतले घटेको छ ।