अरुण काबेली पावरको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला त कारोबार ?

१७ कार्तिक २०७९, बिहीबार १६:००

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अरुण काबेली पावरको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम ३९९ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य ३६२ रुपैयाँ ७३ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा आइतबार कारोबार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*