दुई दर्जन फाइनान्सको नाफामा संकुचन, कुनको अवस्था कस्तो? (तथ्यांक सहित)

१७ कार्तिक २०७९, बिहीबार १७:२२

काठमाडौं । चालु आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । १५ फाइनान्स कम्पनीहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार अधिंकाश फाइनान्सहरुको अवस्था निराजनक देखिएको छ। १५ मध्ये ११ कम्पनीहरुको मुनाफामा प्रभावित रहेको फाइनान्सले सार्वजनिक गरेको तथ्यांकले देखाएकोछ ।

वित्तीय विवरण सार्वजनिक गरेका छन्। वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा अधिकाँश फाइनान्स कम्पनीको नाफा घटेको छ भने दुई फाइनान्स यस आर्थिक बर्षमा समेत घाटामा रहेको छ । ब्याजदर अस्थिरता र कर्जा असुलीको कारणमा यसमा असर देखिन गएको अर्थविद्हरुको बुझाई छ ।

यस त्रैमाससम्ममा पोखरा फाइनान्सले सबैभन्दा धेरै मुनाफा आर्जन गर्न सफल भएको छ। कम्पनीको मुनाफा यस त्रैमाससम्ममा २६१ प्रतिशतले बढेकोछ । कम्पनीको मुनाफामा उछाल आँउदा यस त्रैमाससम्मा ४६ लाख ९० हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ। गत आर्थिक बर्षमा फाइनान्सले १२ लाख ९७ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

फाइनान्सहरुले प्रकाशन गरेको तथ्याक अनुसार मल्टिपर्पस फाइनान्सको पनि नाफा १७४ प्रतिशतले बढेको छ । यस त्रैमाससम्मा कमपनीको मुनाफामा उल्लेखनीय सुधार भएर ४१ लाख ८१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा फाइनान्सले १५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । मञ्जुश्री फाइनान्सको १४७ प्रतिशतले बढेर , नेपाल फाइनान्सको १३२ प्रतिशत र गोर्खाज फाइनान्सको १०१ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा फाइनान्स कम्पनीहरुमध्ये मल्टिपर्पस फाइनान्सले सबैभन्दा धेरै नाफा कमाएको छ। कम्पनीले सो अवधिमा ४१ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ भने मञ्जुश्री फाइनान्सले ७ करोड ११ लाख, गुडविल फाइनान्सले ३ करोड ८४ लाख र आइसिएफसी फाइनान्सले ३ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ।

१५ वटा फाइनान्स कम्पनीमा केहि फाइनान्सले राम्रो नाफा कमाएको भए पनि ती बाहेक धेरै फाइनान्सको नाफा न्यून छ।पहिलो त्रैमासमा रिलायन्स फाइनान्स र समृद्धि फाइनान्स भने घाटामा देखिएका छन्। रिलायन्स फाइनान्स ४ करोड २५ लाख रुपैयाँले घाटामा छ भने समृद्धि फाइनान्स ३ करोड १४ लाख रुपैयाँले घाटामा छ।

बेष्ट फाइनान्सको नाफा भने सबैभन्दा धेरै ९५ प्रतिशतले घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*