राधी विद्युत कम्पनीको हकप्रद शेयर बाँडफाँड

काठमाडौं । राधी विद्युत कम्पनीले कात्तिक १७ गते, हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले असोज ५ गतेदेखि २५ गतेसम्म १ बराबर १।४७५२ अनुपातमा निष्काशन गरेको शेयर बाँडफाँट गरेको हो।
कम्पनीले भदौ १० गतेसम्म कायम शेयरधनीहरुका लागि ९५ लाख ३५ हजार ७६०।९९ कित्ता शेयर निष्काशन गरेको थियो। सोमध्ये रितपूर्वक आवेदन दिएका ३८ हजार ५०५ शेयरधनीहरुलाई ८२ लाख ३५ हजार २३३ कित्ता शेयर बाँडफाँड गरेको हो।बाँडफाँड नभएको १३ लाख ५२७।९९ कित्ता शेयर कम्पनी लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्नेछ।
हकभन्दा बढी शेयर माग गरि दरखास्त दिने आवेदकहरुको हकमा बाँडफाँट नभएको हकप्रद शेयरबापतको रकम कात्तिक २० गतेदेखि आईपीएस मार्फत बैंक खातामा जम्मा गरिने कम्पनीले प्रकाशित गरेको सूचनामा उल्लेख छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।