दुई अर्बमाथि उक्लियो कारोबार, आज यी १० कम्पनीको शेयर सर्वाधिक खरिदबिक्री
२१ कार्तिक २०७९, सोमबार १५:०५

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजवारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन हरियाली छाएको शेयरबजार आज ६.४३ अंकले घटेर १९५८ विन्दुमा कायम हुन पुगेको छ ।
शेयरबजार घटेपनि आज कारोबार रकम भने २ अर्ब १० करोडमाथि पुगेको छ । अघिल्लो दिन शेयरबजारमा रौनकता छाएसँगै आजको कारोबार रकम बढ्न पुगेको हो ।
सर्वाधिक जाल्पा सामुदायिक लघुवित्तको १५ करोड १६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको ११ करोड ३९ लाख, नेष्डो समृद्ध लघुवित्तको १० करोड ६२ लाख, रिडी हाइड्रोपावरको ९ करोड ६० लाख र हिमालयन डिस्टिलरीको ५ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।














