शिवम् सिमेन्ट्स सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार
२२ कार्तिक २०७९, मंगलवार १५:१५

काठमाडौं । नेप्से २।५७ अंकले घट्दा १९५६।३६मा कायम भएको छ। आज ९ कम्पनीको उपसूचक घटेको छ भने चार कम्पनीको उपसूचक बढेको छ।शिवम् सिमेन्टको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ८ करोड ५७ लाख ३२ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, सिटिजन बैंकको ६ करोड ९८ लाख ५२ हजार रुपैयाँ, जाल्पा सामुदायिक लघुवित्तको ४ करोड ३७ लाख ८२ हजार रुपैयाँ र रिडी पावरको ४ करोड ३७ लाख ८२ हजार रुपैयाँको कारोबार भएको हो ।














