युनिक नेपाल लघुवित्त खुद ब्याज र सञ्चालन आम्दानी घटेसँगै खुद नाफा प्रभावित

२४ कार्तिक २०७९, बिहीबार १०:२६

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण युनिक नेपाल लघुवित्त सार्वजनिक गरेको छ। लघुवित्तले यस त्रैमाससम्मआइपुग्दा युनिक नेपाल लघुवित्त २२ लाख ७५ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ३ करोड २३ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

संस्थाको खुद ब्याज र सञ्चालन आम्दानी घटेसँगै खुद नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी १६।६९५ ले घटेर ५ करोड ८९ लाख ३८ हजार रुपैयाँमा आएको छ ।

यता, गत वर्ष ११ लाख २ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी यो वर्ष २ करोड २७ लाख ४८ हजार रुपैयाँ नोक्सानीमा छ । नोक्सानीमा भएसँगै युनिक नेपालको प्रतिसेयर आम्दानी पनि ऋणात्मक भएको छ । यसअवधिमा प्रतिसेयर आम्दानी २ रुपैयाँ १९ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ३६० रुपैयाँ ०९ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*