दिव्यश्वरी हाइड्रोपावर कम्पनीले नाफा ७४ प्रतिशतले घट्यो

२४ कार्तिक २०७९, बिहीबार १०:५७

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर कम्पनीले ७ लाख ३८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीको नाफा २९ लाख ३७ हजार रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा उक्त नाफा ७४।८७ प्रतिशत ले कम हो । असोज मसान्तसम्ममा कम्पनीले विद्युत् बिक्रीबाट हुने आम्दानी ८।०९ प्रतिशत ले बढाएर ३ करोड २१ लाख रुपैयाँ पुर्याएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा यसले विद्युत् बिक्रीबाट २ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको थियो । आन्तरीक खर्च बढ्नाले हाइड्रोपावरको नाफामा असर परेको हो । कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहको छ । जगेडा कोष २२ करोड २० लाख रुपैयाँले ऋणात्मक रहेको छ । यसको प्रतिसेयर आम्दानी ३० पैसा छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १५ रुपैयाँ ९० पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*