साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले ओरालो लाग्यो

२४ कार्तिक २०७९, बिहीबार १५:३३

काठमाडौं । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।

बजार आज २३।५२ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८९३।७० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४।१७ अंकले घटेर ३७२।३७ को विन्दुमा ओर्लेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर १ अर्ब रुपैयाँ बढीको भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*