पिपुल्स हाइड्रोपावरको आईपिओ आजदेखि बिक्री खुल्ला, कसरी भर्ने आवेदन ?

२५ कार्तिक २०७९, शुक्रबार ०७:५८

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारण सबैले भर्न पाउने गरी आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेंको छ । आज विहान १० बजेपछि सो कम्पनीको आईपिओ बिक्री खुल्ला हुनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको शेयर मध्ये बिक्री नभएको ८ लाख ६ हजार ३९० कित्ता सहित गरी कूल ५६ लाख ६ हजार ३९० कित्ता शेयर निष्काशन गर्न आवेदन आह्वान गरेको हो । सामध्ये ५ प्रतिशत अर्थात २ लाख ८० हजार १९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने ३ प्रतिशत अर्थात १ लाख ६८ हजार १९० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता शेयरका लागि आवेदन खुल्ला गरिएको छ ।

मागभन्दा अत्याधिक मात्रामा बढि भरिने हुँदा गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड हुनेछ । सो आधारमा १० वा २० कित्ता भन्दा बढि आवेदन दिनुको अर्थ हुनेछैन । सो आईपिओमा न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछ् । आजदेखि निष्काशन गरिएको आईपिओ कात्तिक २९ गते बन्द हुनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गरेको छ ।

सानिमा क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको सो आईपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन् । सम्भव भएसम्म मेरो शेयरबाट भर्ने, मेरो शेयर नभएकाहरुले कुनै पनि बैंकको शाखा कार्यालयमा गएर आवेदन दिन सकिनेछ ।

त्यस्तै एनआईसी एसिया बैंकको मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ । तर, सानिमा क्यापिटलमा भने आवेदन लिने व्यवस्था छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*