गरिमा विकास बैंकको लाभांश घोषणा, बोनस र नगद लाभांश कति ? (लाभांश ईतिहास सहित)

२५ कार्तिक २०७९, शुक्रबार १०:४६

काठमाडौं । गरिमा विकास बैंकले १४।५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर तिर्न १।५० प्रतशित नगद लाभांश दिने निर्णय गरेको हो । यसर्थ, बैंकले ५९ करोड ६८ लाख १३ हजार ५५५ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ६ करोड ८८ लाख ६३ हजार १०२ रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ ।

नियामक राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई बोनस वितरण गरिनेछ । गत वर्ष बैंकले १६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*