सपोर्ट लघुवित्तको नाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?

२५ कार्तिक २०७९, शुक्रबार ११:०९

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सपोर्ट लघुवित्तको खुद नाफा ६७।६८ प्रतिशत ले घटेर ४ लाख ४५ हजार रुपैयाँमा सीमित भइको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १३ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा संस्थाको आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी २१।०७५ ले घटेर १ करोड ३५ लाख ७१ हजार रुपैयाँमा आएको छ ।

यता, सञ्चालन नाफा पनि ६७।६९५ ले घटेर ७ लाख ६ हजार रुपैयाँमा सीमित भएको छ । नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि प्रभावित भएको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६ रुपैयाँ २७ पैसाले घटेर २ रुपैयाँ ०८ पैसामा आइको छ । प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ २४ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*