साढे १४ करोड प्रोभिजनमा छुट्याउँदा जीवन विकास लघुवित्तको नाफा प्रभावित, इपीएस कति ?

२५ कार्तिक २०७९, शुक्रबार १२:३५

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार लघुवित्तको खुद नाफा गत आवको तुलनामा घट्न पुगेको छ ।

चालु आवको असोज मसान्तसम्म लघुवित्तले १४ करोड ७६ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा १६.४०% ले कम हो । गत वर्ष यही अवधिमा कम्पनीले १७ करोड ६६ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी भने ५.९४% ले बढेर ४० करोड ६२ लाख रुपैयाँमा पुगेको छ । खुद ब्याज आम्दानी बढेपनि सञ्चालन नाफा घट्नाले लघुवित्तको खुद नाफा प्रभावित भएको हो । यस अवधिसम्म संस्थाको संचालन मुनाफा २०.९४ प्रतिशतले घटेर १२ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ ।संस्थाले सो अवधिसम्म ८ करोड ८० लाख रुपैयाँ राइट ब्याक गरेको छ । जुन गत वर्षको तुलनामा १८.५१% कम हो । त्यस्तै, १४ करोड ६४ लाख रुपैयाँ प्रोभिजनमा छुट्याएको छ । जसले गर्दा पनि नाफामा असर परेको हो ।

जीवन विकासको चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा १ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ संचित रहेको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ५९ रुपैयाँ १ पैसाले घटेर ५७ रुपैयाँ १० पैसामा झरेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ २८३ रुपैयाँ ९२ पैसा छ । यसको निष्कृय कर्जा अनुपात बढेर १.१२% पुगेको छ ।

त्यस्तै समिक्षा अवधिसम्म लघुवित्तको सापटी ६.०६ प्रतिशतले घटेको छ भने निक्षेप १६.५८ प्रतिशत र कर्जा परिचालन १२.३१ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*