आम्दानी बढ्दा आरएमडीसी लघुवित्तको नाफा ५४ प्रतिशतले बृद्धि, प्रतिशेयर आम्दानीसमेत बढ्यो

२५ कार्तिक २०७९, शुक्रबार १२:४५

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १० करोड ८८ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

लघुवित्तले आज सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा ५४.१६% ले बढेको हो । गत आवको यसै अवधिसम्म लघुवित्तले ७ करोड ६ लाख १८ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म लुघवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा दुवै बढेकाले नाफा बृद्धि हुन पुगेको हो । यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी ३७.६६% ले बृद्धि भएर १७ करोड ५० लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ५४.१६% ले बढेर १५करोड ५५ लाख रुपैयाँ पुगेको छ ।

खुद नाफा बढेसँगै संस्थाको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३३ पैसाले बढेर ३५ रुपैयाँ ९ पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ २७५ रुपैयाँ ३० पैसा छ ।

समिक्षा अवधिसम्म लुघवित्तको चुक्ता पुँजी १ अर्ब २४ करोड १० लाख ६६ हजार रुपैयाँ छ । लघुवित्तको रिजर्भ कोष ५.३५ प्रतिशत बढेर कोषमा १ अर्ब ९ करोड ४१ लाख रुपैयाँ संचित रहेको छ । यस अवधिसम्म लघुवित्तले २५ करोड १५ लाख रुपैयाँ सापटी लिई ३७ लाख ६ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*