समता घरेलु लघुवित्तको खुद नाफा ६३ प्रतिशतल घट्यो

२७ कार्तिक २०७९, आईतवार १०:१३

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा समता घरेलु लघुवित्तको खुद नाफा ६३।७२५ ले घटेर ४१ लाख ६२ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड १४ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी ५।७२५ ले घटेर ४ करोड ९० लाख ६७ हजार रुपैयाँमा आएको छ ।

गत वर्ष १ करोड ८० हजार रुपैयाँ सञ्चालन नाफा कमाएको संस्थाले यो वर्ष २५ लाख ५५ हजार रुपैयाँ सञ्चालन नोक्सान व्यहोरेको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ९७ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*