मिर्मिरे लघुवित्तको नाफामा प्रभावित हुँदा खुद ब्याज आम्दानी बढ्यो संचालन नाफा घट्यो

२७ कार्तिक २०७९, आईतवार १०:१७

काठमाडौं । मिर्मिरे लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासकाबे वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा २ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा नाफा ४९।३८ प्रतिशत ले थोरै हो । गत वर्ष यसले ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यता, कम्पनीको खुद ब्याज आम्दानी भने ३।६० प्रतिशत ले बढेको छ । तर, यसको सञ्चालन नाफा भने ४९।३९ प्रतिशत ले घटेको छ । यसले गर्दा नाफा प्रभावित हुन पुगेको छ । यता, नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ ।

गत वर्ष ५८ रुपैयाँ ५८ पैसा प्रतिसेयर आम्दानी रहेको यसको यो त्रैमाससम्म आईपुग्दा ३७ रुपैयाँ ३४ पैसाले घटेर २१ रुपैयाँ २८ पैसामा झरेको छ । हाल चुक्ता पुँजी ५३ करोड १२ लाख रुपैयाँ रहेको यस मिर्मिरेको जगेडा कोषमा ३० करोड ३१ लाख रुपैयाँ छ । यसको खराब कर्जा भने २५ बाट बढेर ३।४७५ भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*