पौने २० अर्ब जीवन बीमा कोष भएको प्राइम लाइफले मर्जर अघि नै बढायो चुक्ता पुँजि

३० कार्तिक २०७९, बुधबार १०:२२

काठमाडौं । प्राईम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।कम्पनीको बीम कोष २६ प्रतिशतल बढेर १९ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषमा १५ अर्ब ७२ करोड रुपैयाँ रकम संचित रहेको थियो ।

जीवन बीमा कम्पनीहरुमा जीवन बीमा कोषको निकै महत्व हुन्छ । कम्पनीको बीमा कोष भने निकै मजबुत रहेको तथ्यांकले देखाएको छ।युनियन, गुराँससँग मर्जरको प्रकृयामा रहेको कम्पनीले यस त्रैमासको अवधिसम्ममा आफनो चुक्ता पुँजि १५ प्रतिशतले बढाएर २ अर्ब ७७ करोड रुपैयाँ पुराएको छ।

बीमा समितिको प्रावधान अनुसार जीवन बीमा कम्पनीहरुले चैत मसान्तसम्ममा ५ अर्ब चुक्ता पुँजि पुराउनुपर्ने प्रावधान रहेको छ।यस त्रैमाससम्ममा कम्पनीको खुद बीमाशुल्क १।९५ प्रतिशतले बढेर १ अर्ब १४ करोड रुपैयाँ पुराएको छ।

त्यस्तै, कम्पनीको खुद मुनाफा ५७ प्रतिशतले घटेर ५ करोड २५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १२ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको अभिकर्ता कमीशन २१ प्रतिशत र व्यवस्थापन अर्च ९ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*