निफ्राको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
३० कार्तिक २०७९, बुधबार ११:०९

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात मंसिर १ गते बुकक्लोज गर्दैछ ।
आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश पाउन सक्नेछन् ।
बैंकले लाभांश प्रस्ताव पारित गर्न मंसिर १० गते शनिबार चौथो वार्षिक साधारण सभा बोलाएको छ । सो सभा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतली, काठमाडौँमा बिहान ९ बजेदेखि शुरु हुने भएको छ ।













