ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो मंसिर महिनाका लागि ब्याजदर, कुन खातामा कति ?
१ मंसिर २०७९, बिहीबार ११:१६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आजदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । नेपाल बैंकर्स संघले मंसिर महिनाका लागि बैंकहरुको ब्याजदर यथावत् राख्ने निर्णय गरेको थियो ।
सो अनुसार बैंकहरुले मंसिर महिनाका लागि पुरानै ब्याजदर कायम गरी सार्वजनिक गरेका छन् । बैकका अनुसार मंसिर महिनाका लागि साधारण बचत खाता अन्तर्गत न्यूतम ७.१३ प्रतिशतदेखि अधिकतम अधिकतम १३.१३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
साथै मुद्दती निक्षेपअन्तर्गत बैंकले न्यूनतम १०.१३ प्रतिशतदेखि अधिकतम १३.१३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । त्यस्तै, यता बैंकले कर्जा अन्तर्गतको ब्याजदर समेत यथावत राखेको छ ।














