५३ लघुवित्तको वित्तीय विवरणः ३० लघुवित्तको नाफा घट्यो, १३ संस्था नोक्सानमा, ८ को मुनाफा बृद्धि, कुनको कति ? (तथ्याङ्कसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुले चालु आर्थिक वर्ष २०७९।८० को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । पहिलो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गर्ने ५३ लघुवित्त वित्तीय संस्थामध्ये अधिकांश लघुवित्त वित्तीय संस्थाहरुको मुनाफा घटेको छ ।
तीमध्ये पनि १३ लघुवित्त संस्था खुद नोक्सानमा रहेका छन् । चालु आर्थिक वर्षको असोज मसान्तसम्म सबै लघुवित्त संस्थाहरुले प्रोभिजन रकम छुट्याएका कारण पनि अघिकांशको नाफामा गिरावट देखिएको हो । चालु आवको तीन महिनासम्ममा ९ वटा लघुवित्त संस्थाले मात्रै मुनाफा आर्जनमा ग्रोथ गरेको देखिएको छ ।
मुनाफामा ग्रोथ गर्ने लघुवित्त
चालु आर्थिक वर्षको पहिलो त्रैमासम्मा ९ वटा लुघवित्त वित्तीय संस्थाले मात्रै मुनाफा बढाएको छ । प्रकाशित विवरणअनुसार गणपति लघुवित्त, आरएसडीसी लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, आरएमडीसी लघुवित्त, छिमेक लघुवित्त, साना किसान विकास लघुवित्त, नेष्डो समृद्ध लुघवित्त, उपकार लुघवित्त र नाडेप लुघवित्तको मात्रै मुनाफा बढेको छ ।
सो मध्ये पनि सबैभन्दा बढी मुनाफा ग्रोथ गर्नेमा गणपति लघुवित्त रहेको छ । लुघवित्तले सो अवधिसम्म १५४.६९ प्रतिशतले मुनाफा बढाएको छ । त्यस्तै, आरएसडीसीले पनि सो अवधिसम्म १०१.९८ प्रतिशतले खुद नाफामा प्रगति गरेको छ । त्यस्तै, गत आवको यसै अवधिसम्म ९३ लाख रुपैयाँ नोक्सानी बेहोरेको नाडेप लुघवित्तले यस अवधिसम्ममा १ करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
खुद नाफा घट्ने कम्पनी
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार ३० वटाा लघुवित्त वित्तीय संस्थाको खुद नाफा गत आवको तुलनामा घट्न पुगेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोभिजन रकममा कडाई गरेसँगै अधिकांश लघुवित्तहरुले प्रोभिजन रकम छुट्याउँदा नाफा प्रभावित बन्न पुगेको हो ।
सो मध्ये पनि गत आवको तुलनामा सबैभन्दा बढी मुनाफा घट्ने संस्थामा मेरो माइक्रोफाइनान्स लघुवित्त रहेको छ । संस्थाको सो अवधिसम्ममा ८४.३७ प्रतिशतले मुनाफा घटेको छ । त्यस्तै, निर्धन उत्थान लघुवित्तको पनि गत आवको तुलनामा खुद नाफा ८३.८८ प्रतिशतले घट्न पुगेको छ ।
नोक्सानमा गएका संस्थाहरु
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १३ लघुवित्त वित्तीय संस्थाले नोक्सानी ब्यहोरेको छ । गत आवको यसै अवधिको तुलनामा १३ लघुवित्त संस्था नोक्सानमा रहेका छन् ।
सो मध्ये सबैभन्दा बढी नोक्सानी ब्यहोर्ने संस्थामा किसान लुघवित्त रहेको छ । लघुवित्तले सो अवधिसम्म ४ करोड ३७ लाख रुपैयाँ घाटा बेहोरेको छ । गत आवको यसै अवधिसम्म लघुवित्तले १ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
त्यस्तै, सबैको लघुवित्त वित्तीय संस्थाले पनि सो अवधिसम्म २ करोड ९६ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ । गत आवको यसै अवधिसम्म लघुवित्तले २ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
५३ लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आर्जन गरेको मुनाफा :














