लाभांश प्रस्तावसहित स्ट्याण्डर्ड चार्टर्ड बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

२ मंसिर २०७९, शुक्रबार १०:३२

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश प्रस्ताव सहित ३६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले यहि मंसिर २५ गते आमी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा दिनको १ बजे बस्ने गरी सभा डाकेको हो ।

सभाले कर सहित १६.५१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, लेखापरीक्षण नियुक्त गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर ७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*