उन्नती सहकार्य लघुवित्तको यस्तो देखियो पहिलो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा घट्न पुगेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म लघुवित्तले ७ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको तुलनामा ८९.२६ % ले कम हो । गत आवको यसैअवधिमा यसले ७१ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै खुद नाफा प्रभावित सीमित भएको छ भने सञ्चालन नाफा पनि ८९.२६ % ले घटेर १० लाख ९६ हजार रुपैयाँमा सीमित भएको छ ।
असोज मसान्तसम्म आइपुग्दा संस्थाको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ७४ पैसा छ । साथै लघुवित्तको चुक्तापुँजी ३० प्रतिशतले बढेर २२ करोड ९० लाख रुपैयाँ पुगेको छ । त्यस्तै रिजर्भको आकार ४४.३७ प्रतिशतले घटेर कोषमा जम्मा ६ करोड ६७ लाख रुपैयाँ संचित रहेको छ ।
यता लुघवित्तले सो अवधिसम्म एक अर्ब १७ करोड २ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ अर्ब ४६ करोड ६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।













