प्रभु बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । प्रभु बैंकले लाभांश घोषणा गरेको छ । बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।बैंकले ६। ५० प्रतिशत बोनस शेयर र १।५ प्रतिशत नगद लाभांश गरि कुल ८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।
बैंकले वितरण योग्य मुनाफा एक अर्व तीन करोड उनन्तीस लाख त्रिहत्तर हजार नौ सय बयान्नब्बे पैसा पचहत्तर रुपैयाँबाट बैंकको आ।व। २०७८ र ०७९ मा कायम चुक्ता पूँजी १२ अर्ब ७० करोड ८७ लाखको ६। ५० प्रतिशतले हुने रकम बयासी करोड साठी लाख पैंसट्ठी हजार सात सय एकहत्तर रुपैयाँ बराबरको बोनस शेयर र १।५० प्रतिशतले हुने रकम उन्नाईस करोड छ लाख तीस हजार पाँच सय रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी एक्काईसौं वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ।













