१५ गुणासम्मको प्रतिफल दिने सनराइज बैंकको गज्जबकोे मुद्दती खातामा ग्राहकको आकर्षण बढ्दै, यस्ता छन् सुविधाहरु

काठमाडौं । सनराइज बैंकको १५ गुणासम्मको प्रतिफल दिने गज्जबकोे मुद्दती खातामा ग्राहकहरुको आकर्षण बढ्दै गईरहेको छ । आकर्षक सुविधा भएको कारण ग्राहकहरुको रोजाईमा यो योजना पर्न गएको बैंकले जनाएको छ।
बैकले सनराइज गज्जबको मुद्दती खाता नाम दिइएको उक्त खातामा तोकिएको समयसम्म मुद्दती गरिएको रकमको ५ गुणा देखि १५ गुणा सम्म रकम प्राप्त गर्न सकिने सुविधा दिएको छ। उक्त खातामा १४ वर्ष ८ महिनामा मुद्दती रकम ५ गुणा हुने, २० वर्ष ११ महिनामा मुद्दती रकम १० गुणा हुने र २४ वर्ष ७ महिनामा मुद्दती रकम १५ गुणा हुने बैंकले जनाएको छ ।
बैंकको अनुसार यस योजनामा सहभागी हुन न्युनतम २५ हजार रकम मुद्दती गर्नुपर्ने छ । उक्त योजनाको अवधिमा पैसा आवश्यक परे जम्मा भएको रकमको ९० प्रतिशतसम्म कर्जा समेत लिन सकिने बैंकले जनाएको छ । यस योजनामा सहभागी हुने ग्राहकहरुलाई बैंकले ५ लाखसम्मको क्रेडिट कार्डको जारी शुल्क र लकर शुल्क नलाग्ने व्यवस्था गरेको जानकारी दिएको छ ।
यस योजनामा सहभागी हुन न्युनतम रु २५,००० रकम मुद्दती गर्नुपर्ने छ। उक्त योजनाको अवधिमा पैसा आवश्यक परे जम्मा भएको रकमको ९० प्रतिशत सम्म कर्जा समेत लिन सकिने बैंकले जनाएको छ।यस योजनामा सहभागी हुने ग्राहकहरुलाई बैंकले रु ५ लाख सम्मको क्रेडिट कार्डको जारी शुल्क र लकर शुल्क नलाग्ने व्यवस्था गरेको छ।
हाल बैंकले १३९ वटा शाखा, ९५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा एटिएम मार्फत आफ्ना ९ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।













