सपोर्ट लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जोकोहिले आवेदन दिन पाउने

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ हजार १५० कित्ता संस्थापक शेयर मंसिर ८ गतेदेखि लिलामीमा आएको छ ।
कम्पनीले प्रतिकित्ता ५०० रुपैयाँ मूल्य तोकेर मंसिर २५ गतेसम्मका लागि उक्त शेयर लिलामीमा ल्याएको हो । यो शेयर खरीदका लागि योग्य इच्छुक जो कोही व्यक्ति तथा संस्थाहरूले आवेदन दिन सक्नेछन् । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ ।
यो शेयर विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । तोकिएको अवधिभित्र प्राप्त गोप्य शिलबन्दी बोलपत्र मंसिर २६ गते विहान १० बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने तय भैसकेको छ । बाँडफाँटमा परेको बोलपत्रदाताहरुको शेयर खरीद विक्री गर्दा खरीदकर्ताको तर्फबाट तिर्नुपर्ने शेयर दलाल कमिसन तथा अन्य शुल्क खरीदकर्तालेनै तिर्नुपर्ने कम्पनीको भनाई छ ।













