कामना विकास बैंकको संस्थापक शेयर बिक्रीमा
८ मंसिर २०७९, बिहीबार ११:१२

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका शेयरधनी मुकुन्द शरण उपाध्यायले आफ्नो नाममा रहेको २० हजार कित्ता शेयर बिक्रीका लागि विवेदन दिएपश्चात सो शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयर धनीह्ररुलाई सुचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन दिन आग्रह गरेको छ ।













