नेप्सेद्धारा कुमारी बैंकको शेयर कारोबार फुकुवा

८ मंसिर २०७९, बिहीबार १६:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कुमारी बैंक लिमिटेडको शेयर कारोबार फुकुवा गरिदिएको छ । कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरमा जानको लागि सम्झौता गरेसँगै नेप्सेले यी दुवै कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको थियो ।

बैंकको मंसिर ६ गतेको पत्र नेप्सेमा मंसिर ७ गते दर्ता भई आजदेखि कारोबार फुुकुवा गरिदिएको हो । नेप्सेले कुमारी बैंकको संगठित संस्थाको आधारभूत शेयरधनी बाहेकको शेयरधनीको शेयर कारोबार फुकुवा गरिदिएको हो ।

सो अनुसार कुमारी बैंकको शेयर अब आइतबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ । कुमारी बैंक र एनसीसी बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जरमा जान लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*