ग्लोबल आइएमई बैंकले ५ अर्बको ऋणपत्र जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

८ मंसिर २०७९, बिहीबार १७:३८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ ।
बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्न अनुमति माग्दै बोर्डमा कात्तिक २० गते निवेदन दिएको हो ।

सेबोनबाट अनुमति पाएमा बैंकले १००० रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*