एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१२ मंसिर २०७९, सोमबार ११:५०

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १२ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कायम चुक्तापुँजीको १३ प्रतिशत बोनस शेयर र ७.६८ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २०.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सोही प्रस्तावित लाभांश पारितका लागि बैंकले २८औं वार्षिक साधारण सभा यहि मंसिर २६ गते लैनचौर ब्यांक्वेट, लैनचौर, काठमाडौंमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*